गृहपृष्ठ बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने
बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने भएको छ ।
केन्द्रीय समितिको पहिलो बैठकले अहिलेको गठबन्धन निर्माणमा आफूहरूको निर्णायक भूमिका रहेको भन्दै आउने चुनावसम्म गठबन्धनमै रहने निर्णय गरेको हो ।
अहिले सत्ता गठबन्धन पाँच दलीय छ । जसपाबाट विभाजित नेपाल समाजवादी पार्टीलाई पनि सत्ता गठबन्धनकै अंग मान्न उपेन्द्र यादवबाहेकका नेताहरू सहमत भइसकेकाले अब गठबन्धन ६ दलीय हुने भएको छ ।
नेपाल समाजवादी पार्टीका दोस्रो वरीयताका अध्यक्ष महिन्द्रराय यादवले यो गठबन्धन आफूहरूको भूमिकाका कारण सरकारमा पुगेको भन्दै कसैले निषेध गर्दैमा आफूहरू सत्ता गठबन्धनबाट बाहिर नहुने बताए ।
सत्ता गठबन्धनभित्रै नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानसमेत समेटेर समाजवादी केन्द्र बनाउनेबारे समेत छलफल भइरहेको यादवले बताए ।
समाजवादी केन्द्र गठनको निर्णय एकीकृत समाजवादीको सचिवालय बैठकले पनि गरिसकेको छ ।
प्रकाशित समय : १३:०४ बजे