गृहपृष्ठ अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन

अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन

अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने (आईतबार) आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन १८ गतेदेखि प्रतिसेयर १०० अंकित मूल्यका ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो । आईपीओमा मागभन्दा १६.७८ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङका अनुसार शुक्रबार २ बजेसम्ममा १४ लाख ३० हजार ४०६ जना आवेदकले १ करोड ६३ लाख ६६ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् ।

आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । साथै आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु