गृहपृष्ठ ट्रक पल्टिँदा चालकको मृत्यु
ट्रक पल्टिँदा चालकको मृत्यु

गुल्मीको रेसुंगा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नम्बरको ट्रक रेसुंगा-१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका-३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।
आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए ।
ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।
प्रकाशित समय : १०:३३ बजे