moneygram ime

गृहपृष्ठ देशभर थपिए ९१२ जना कोरोना संक्रमित

देशभर थपिए ९१२ जना कोरोना संक्रमित

देशभर थपिए ९१२ जना कोरोना संक्रमित
citizen life insurance

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।

६ हजार ४ सय ९१ स्वाब परीक्षण गर्दा ९ सय १२ जनामा संक्रमण देखिएको हो । उनीहरूमध्ये दुई हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २९ जनामा र तीन हजार ५ सय ५० जनाको एन्टीजन परीक्षण गर्दा ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज एक जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९ सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७० जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ७ सय ६० पुगेको छ ।

प्रकाशित समय १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank