moneygram ime

गृहपृष्ठ फिफा वरीयतामा नेपाली महिला फुटबल टोली एक स्थान तल झर्‍यो

फिफा वरीयतामा नेपाली महिला फुटबल टोली एक स्थान तल झर्‍यो

फिफा वरीयतामा नेपाली महिला फुटबल टोली एक स्थान तल झर्‍यो
citizen life insurance

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज जारी गरेको महिलाको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ ।

भारत ५८औँ स्थानमा छ । बंगलादेश १४७, श्रीलंका १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छ ।

विश्व वरीयताको शीर्ष स्थानमा भने अमेरिका छ । यसैगरी दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा स्वीडेन छ । इंग्ल्यान्ड चौथो स्थानमा रहँदा फ्रान्स पाँचौँ स्थानमा छ । नेदरल्याण्ड छैठौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा छन् ।

प्रकाशित समय १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank