moneygram ime

गृहपृष्ठ प्रचण्ड–नेपालप्रति रावलको कटाक्ष : नेपांग्रेसको नारा लाउने हो ?

प्रचण्ड–नेपालप्रति रावलको कटाक्ष : नेपांग्रेसको नारा लाउने हो ?

प्रचण्ड–नेपालप्रति रावलको कटाक्ष : नेपांग्रेसको नारा लाउने हो ?
citizen life insurance

नेकपा (एमाले)का नेता डा.भीम रावलले सत्तारूढ पाँच दलीय गठबन्धन सिद्धान्तहीन र गन्तव्यहीन गरेको भन्दै उनीहरूको बीचमा सत्ता स्वार्थबाहेक देशको पक्षमा कुनै एजेन्डा नरहेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा.रावलले यो गठबन्धन नेपालको संविधानका धारा २७९ को विपरीत रहेको दाबीसमेत गरे । उनले सिद्धान्त र कार्यक्रम केही नमिल्ने दलहरूबीचको गठबन्धन आदर्शविपरीत रहेको टिप्पणीसमेत गरे ।

उनले भने, ‘हाम्रो लोकतन्त्र बहुदलीय प्रणालीमा आधारित छ । यहाँ दलहरूले आपसमा प्रतिस्पर्धा गर्छन् । नेपालको संविधान दुई–दुई पटक संविधानसभाको निर्वाचन गरेर, त्यो संविधानसभाबाट यो संविधान जारी गर्‍यौँ । संविधानको धारा २७९ मा समान दर्शन, विचारधार र कार्यक्रम भएकाहरू एक ठाउँमा आउँछन् र दल बन्छ भन्ने कुरा छ । स्थानीय तहको निर्वाचनमा विपरीत सिद्धान्त भएका दलहरूले तालमेलको नाममा लोकप्रिय मत मागे । यो नेपालको संविधानको विपरीत छ । यो एक प्रकारको निर्दलीय अभ्यास हो ।’

उनले प्रचण्ड–माधवप्रति कटाक्ष गर्दै कम्युनिस्ट भन्नेहरू कांग्रेसलाई चुनाव जिताउन पाएर दंग परिरहेको बताए । ‘जसको कुनै सिद्धान्त, कार्यक्रम मिल्दैन तिनीहरूबीचको गठबन्धन गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन हो । कोही संघीयताका विरोधी छन्, कोही संघीयताका जननी छन् यस्ताको स्वार्थ कसरी मिल्यो ? उनीहरूको नारा के हो ? नेपाङ्ग्रेस जिन्दावाद भन्ने नारा लाग्छ ?’ उनले भने ।

निर्वाचनको मिति घोषणा गर्दागर्दै सरकारले कतिपय सचिवहरूको सरूवा र केही महत्वपूर्ण नियुक्ति गरेको भन्दै विरोध जनाए ।

उनले हिन्द प्रशान्त क्षेत्रका शक्ति राष्ट्रहरूको बीचमा प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै ताइवानमा अमेरिकी सभामुखको भ्रमणपछि त्यहाँ तनाव उत्पन्न भएको पनि सुनाए । उनले भने , ‘नेपालले एक चीन नीति अपनाउँदै आएको छ । त्यहाँ त्यत्रो घट्ना घटेको छ । तर, सरकार एक शब्द पनि बोल्दैन । चुनावको घोषणा गर्ने दिन सल्लाहकारको लर्को लगाउँछ ।’

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank