गृहपृष्ठ एक वर्षमा २० करोडको विभिन्न प्रकारका बल आयात
एक वर्षमा २० करोडको विभिन्न प्रकारका बल आयात

नेपालमा एक वर्षमा करिब २० करोड रुपैयाँको विभिन्न प्रकारका बल भित्रिने गरेको पाइएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १९ करोड ९८ लाख ४५ हजार रुपैयाँको विभिन्न बल नेपालले आयात गरेको छ ।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ती बलहरू नेपाल भित्रिएका हुन् ।
गत आर्थिक वर्ष ३५ लाख २९ हजार रुपैयाँको २८ हजार ८८० वटा गल्फ बल नेपालले आयात गरेको थियो । सोही समयमा ५५ लाख ८ हजार रुपैयाँको ८८ हजार ५३६ वटा लन टेनिस बल नेपाल भित्रिएको देखिन्छ ।
गत वर्ष मात्र नेपालमा ८ करोड ८ लाख ५६ हजार रुपैयाँमा ७ लाख २० हजार ९७६ वटा इनफ्लटेबल बल भित्रिएको विभागले जनाएको छ ।
यस्तै, उक्त अवधिमा विभिन्न प्रकारका बल (गल्फ, टेवल टेनिस, लन टेनिस, इनफ्लटेबल) शीर्षकमा १० करोड ९९ लाख ५२ हजार रुपैयाँमा १५ लाख ५ हजार ३०७ वटा बल नेपालले आयात गरेको छ ।
प्रकाशित समय १२:१४ बजे