moneygram ime

गृहपृष्ठ विराटनगर भन्सार कार्यालयले गर्यो ४० अर्ब ४२ करोड राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले गर्यो ४० अर्ब ४२ करोड राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले गर्यो ४० अर्ब ४२ करोड राजस्व संकलन
citizen life insurance

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९मा कूल ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले ४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व संकलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ ।

कार्यालयले संकलित राजस्वमा भन्सार महसुल १५ अर्ब ३२ लाख छ हजार मूल्य अभिवृद्धि कर २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तःशुल्क दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट एक अर्ब ९७ करोड छ लाख १६ हजार राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले कूल ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व संकलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको थियो । सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो ।

प्रकाशित समय ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank