moneygram ime

गृहपृष्ठ छाडा चौपायाका कारण किसानलाई हैरानी

छाडा चौपायाका कारण किसानलाई हैरानी

छाडा चौपायाका कारण किसानलाई हैरानी
citizen life insurance

कैलालीको जोशीपुर गाउँपालिका–४ का श्यामसुन्दर चौधरीले यस वर्ष जसोतसो दुई बिघा जग्गामा धान रोपेक छन् । समयमै मल नपाउँदाको पीडा र समयमा वर्षा नहुँदा सिँचाइका लागि पाएको दुःख नमेटिदै छाडा चौपायाका कारण समस्या भएको छ । उनको एक बिघामा लगाएको धान छाडा चौपायाले एक रातमै सखाप पारे ।

‘भर्खरै मल हालेर धान हरियो हुन लागेको थियो । एकै रातमा चौपायाले खाएर सिध्याए’, चौधरीले भने, ‘किन खेती लगाएछु जस्तो लागिरहेको छ । कहिले प्राकृतिक प्रकोपले दुःख दिन्छ त कहिले चौपायाले ।’ प्राकृतिक प्रकोपले क्षति गर्दा सबैको हुने भएकाले चित्त बुझाउने ठाउँ रहने उल्लेख गर्दै उनले चौपायाले दिएको दुःख खेपनसक्नुको भएको पीडा सुनाए ।

सोही ठाउँका राजाराम चौधरीको समस्या पनि उस्तै छ । वर्षभरिका लागि खान पुग्ने खेत एकै दिनमा छाडा चौपायाले सखाप पार्न थालेपछि उनले खेतमा तारजालीले घेरबारसमेत गरेको बताए । चौपायाले सताउन थालेपछि राजारामले खेतको मुख्य भागमा घेरबार गरे । ‘घेरबार गरे पनि खेती जोगाउन सकिएको छैन’, उनले भने, ‘अरुको खेतबाट चौपाया पसेर बाली नष्ट गर्छन् । हिउँदमा भए खेतमै बस्न पनि सकिन्थ्यो । बर्खाको समयमा खेतमा चौपायाको रेखदेखका लागि रातभर बस्न सक्ने अवस्था पनि छैन ।’

कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्रका किसानका लागि छाडा चौपाया समस्या बन्दै गएका छन् । चौपाया व्यवस्थापनका लागि प्रायः सबै स्थानीय तहले काम गर्दै आएको भए पनि त्यसको प्रभावकारिता देखिएको छैन । चौपायाका कारण किसानमात्रै नभई व्यापारी पनि हैरान छन् । भजनी नगरपालिका–१ मा दूध डेरी सञ्चालन गर्दै आएका मनु खत्रीले साँझ पसल बन्द गर्दासम्म पसलको आँगन निकै सफा हुन्छ । तर बिहान पसल पुग्दा उनको आँगनमा चौपायाको मलमूत्रमात्रै हुन्छ । ट्रस्ट भएका कारण बजारभरिका चौपाया त्यही केन्द्रित हुन्छन् ।

चौपायाले बजार क्षेत्र र सडक नै जाम गरेर बस्दा त्यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ । बस चालक कुमार क्षेत्री छाडा चौपायाका कारण दुर्घटनासमेत बढेको बताउछन् । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी चौपायाको समस्या समाधान गर्न योजना नै बनाउनुपर्ने बताउछन् ।

प्रकाशित समय १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank