moneygram ime

गृहपृष्ठ लागु औषधसहित श्रीमान् श्रीमती पक्राउ

लागु औषधसहित श्रीमान् श्रीमती पक्राउ

लागु औषधसहित श्रीमान् श्रीमती पक्राउ
citizen life insurance

कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागु औषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढाक्षेत्रीलाई बिहीबार दिउँसो १ः३० बजे पक्राउ गरेको हो ।

नौमूले गाउँपालिका–२ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत गुरुङ चोकस्थित बाटु सार्कीको घरमा कोठा भाडा लिइ बसेका उनीहरुलाई सोही स्थानबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले शंकास्पद अवस्थामा कोठामा बसिरहेका श्रीमान् श्रीमतीलाई जाँच गर्दा बुढाक्षेत्रीका साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ एक पोका फेला पारी बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार लागु औषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

प्रकाशित समय ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank