moneygram ime

गृहपृष्ठ नेप्से घट्ने क्रमले आज पनि पायो निरन्तरता

नेप्से घट्ने क्रमले आज पनि पायो निरन्तरता

नेप्से घट्ने क्रमले आज पनि पायो निरन्तरता
citizen life insurance

नेप्से घट्ने क्रमले आज बिहिबार पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ बिन्दुमा झरेकाे हाे ।

आज सेयर बजारमा ३ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ । बुधबार ४ अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको हो ।  व्यापार समूहको परिसूचक सर्वाधिक ५.१३ प्रतिशतले घटेको छ भने दोस्रोमा होटल तथा पर्यटन समूहको परिसूचक ३.९ प्रतिशतले घटेको हो । त्यस्तै, जलविद्युत, विकास बैंक, वित्त, अन्य र लगानी समूहको परिसूचक सर्वाधिक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज बलेफी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेकाे छ । सेयर मूल्य सर्वाधिक घट्नेमा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर र सानिमा बैंकको ऋणपत्र रहेको छ । युनाइटेड इदी मादीको सेयर मूल्य ९.९२ र सानिमा बैंकको ऋणपत्रको मूल्य ५.४७ प्रतिशतले घटेको छ ।

बिहीबार सर्वाधिक २५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री शिवम् सिमेन्टको भएको छ ।

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank