moneygram ime

गृहपृष्ठ सप्तकोशीका बाढी पीडितका लागि सरकारले माग्यो राहत सहयोग

सप्तकोशीका बाढी पीडितका लागि सरकारले माग्यो राहत सहयोग

सप्तकोशीका बाढी पीडितका लागि सरकारले माग्यो राहत सहयोग
citizen life insurance

सप्तकोशीको बाढीबाट प्रभावित परिवारलाई राहत तथा व्यवस्थापनका लागि सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग सहयोग मागेको छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार प्राप्त राहत एकद्वार प्रणालीबाट संकलन गर्ने र एकद्वारबाटै वितरण गरिनेछ ।

प्राधिकरणले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ । राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको छ ।’

संकलन गरिएका राहत उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको प्रतिनिधि तथा उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने प्राधिकरणले जनाएको छ ।

बाढीबाट उदयपुर र सुनसरीका २ हजार ३ सय घरधुरी प्रभावित भएको प्राधिकरणले जनाएको छ । बाढीबाट मानवीय क्षति भने भएको छैन । तर धान, मकै लगायतका खेतीबालीमा क्षति पुगेको छ ।

प्रकाशित समय ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank