moneygram ime

गृहपृष्ठ मधेस प्रदेश सरकारको आईसीटी अवार्ड वर्ल्डलिंकलाई प्रदान

मधेस प्रदेश सरकारको आईसीटी अवार्ड वर्ल्डलिंकलाई प्रदान

मधेस प्रदेश सरकारको आईसीटी अवार्ड वर्ल्डलिंकलाई प्रदान
citizen life insurance

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । त्यस क्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति थियो ।

कम्पनीले नेपालका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रमा वृहत फाइबर नेटवर्क निमार्ण गरी नेपालको ७५ जिल्लामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । यस कम्पनीले वर्तमान समयमा ६ लाख ४५ हजारभन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९ हजारभन्दा बढी संघ-सस्था बैकं तथा वित्तीय संस्था र सरकारी कार्यालयलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटीलगायत १३ हजारभन्दा बढी स्थानमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषमार्फतको परियोजनाअन्तर्गत यस कम्पनीले नेपालको विकट क्षेत्र कर्णाली प्रदेशको आठै जिल्ला र गण्डकी प्रदेशको पाँच जिल्लामा सफलतापुर्वक नेटवर्क विस्तार गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank