गृहपृष्ठ अजोड इन्स्योरेन्सले दियो कृषि तथा पशुपक्षी अभिकर्ता तालिम
अजोड इन्स्योरेन्सले दियो कृषि तथा पशुपक्षी अभिकर्ता तालिम

अजोड इन्स्योरेन्स लिमिटेडले बाँकेको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपक्षी अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले यही साउन १४ देखि १६ गतेसम्म उक्त तालिम आयोजना गरेको हो ।
अजोड इन्स्योरेन्सका दीपक पोखरेल, प्रेमराज पाण्डे र सुदीप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त तालिममा ३३ अभिकर्ताको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।
तालिम सञ्चालन कोहलपुरका शाखाका प्रमुख निर्मलकुमार क्षेत्री साउदले गरेका थिए ।
प्रकाशित समय १७:०१ बजे