गृहपृष्ठ नेप्से ६.७२ अंकले घट्यो, कारोबार रकममा वृद्धि
नेप्से ६.७२ अंकले घट्यो, कारोबार रकममा वृद्धि

आज बुधबार पनि नेप्से घटेकाे छ । आज नेप्से परिसूचक ६.७२ अंकले घटेको हाे । काराेबार अवधिमा ४ अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका छन् ।
मंगलबारको तुलनामा कारोबार रकम भने बढेको हाे । मंगलबार ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकाे थियाे ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार वटाको परिसूचक बढेको छ भने बाँकी नौ समूहको घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ३.८१ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक १.६४ प्रतिशतले बढेको हो । अन्य समूहको परिसूचक सर्वाधिक १.११ प्रतिशतले घटेको छ ।
बुधबार सामलिङ पावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६१५ रुपैयाँ ७० पैसा कायम भएको छ । त्यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३२९ रुपैयाँ ७० पैसामा कारोबार भएको छ ।
आज सेयर मूल्य सर्वाधिक घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र गुडविल फाइनान्स रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ३.९२ र गुडविल फाइनान्सको सेयर मूल्य ३.४३ प्रतिशतले घटेर अन्तिम मूल्य क्रमशः ४५६ र ५८९ रुपैयाँ १० पैसा कायम भएको छ ।
बुधबार सर्वाधिक सेयर खरिदबिक्री शिवम् सिमेन्टको भएको छ । कम्पनीको २५ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
प्रकाशित समय १६:०३ बजे