गृहपृष्ठ गोल्डेन ओक ब्लेन्डेड माल्टको ‘गोल्डेन ओक कमेडी यात्रा’ आयोजना हुँदै
गोल्डेन ओक ब्लेन्डेड माल्टको ‘गोल्डेन ओक कमेडी यात्रा’ आयोजना हुँदै

गोल्डेन ओक ब्लेन्डेड माल्टको ‘गोल्डेन ओक कमेडी यात्रा’ आयोजना हुने भएको छ ।
गोल्डेन ओकको कमेडी यात्रा बिर्तामोडमा साउन २० गते, दमकमा २१ गते, इटहरीमा २२ गते, विराटनगरमा २३ गते र धरानमा २४ गते पूरै उत्साहका साथ आयोजित हुने भएको हो । जसमा दर्शकहरुको भव्य जमघट हुने अपेक्षा गरिएको छ ।
गोल्डेन ओकद्वारा आयोजित कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति गर्ने भएका छन् ।
प्रकाशित समय १६:४१ बजे