गृहपृष्ठ गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न
गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडले गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा ३८ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट कार्यक्रम ‘Challenges Ignites Success’ नाराका साथ सम्पन्न गरेको हो ।
उक्त दुई दिने कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इन्डिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्देश्य डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको (Roadmap) सँग पंक्तिबद्ध गर्ने थियो । यस्तै, कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायीहरूले एक वा अर्को समस्याको सामना गर्दै आएकाे बताए । उनले भने, ‘यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र, (innovation)को कारण हामी नेपालकै सर्वाधिक बिक्री हुने ब्रान्ड भएका छौँ । म हाम्रा सबै डिलरहरु र टिमको प्रयास लागि आभारी छु, जसले यो सम्भव बनाएको छ ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।
प्रकाशित समय १६:१५ बजे