गृहपृष्ठ गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो : भीम रावल

गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो : भीम रावल

गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो : भीम रावल

नेकपा (एमाले)का सांसद् डा.भीम रावलले देशमा निर्दलीय अभ्यास हुन थालेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘शपथसम्बन्धी विधेयक’माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले संविधानले व्यवस्था गरेको भन्दा बाहिर गएर गठबन्धनका नाममा निर्दलीय अभ्यास भएको बताएका हुन् ।

संविधानको धारा २६९ अनुसार समान विचाधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आबद्ध हुने व्यवस्था रहेको बताउँदै उनले भने, ‘त्यसतो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने प्रावधान छ । तर, यही कुरा उल्लंघन गरेर गठबन्धन गरेर निर्दलीय अभ्यासमा अगाडि बढ्ने काम भइरहेको छ ।’

यसको उदाहरणका रुपमा उनले दलहरूबीचको चुनावी तालमेललाई प्रस्तुत गरे ।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु