moneygram ime

गृहपृष्ठ ई-सेवाको बम्पर अफर सार्वजनिक, एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई स्कोलरसिप

ई-सेवाको बम्पर अफर सार्वजनिक, एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई स्कोलरसिप

ई-सेवाको बम्पर अफर सार्वजनिक, एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई स्कोलरसिप
citizen life insurance

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत एक हजार जना विद्यार्थीले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउने ई-सेवाले जनाएको छ।

ई-सेवाका अनुसार यसका लागि विद्यार्थीहरुले ई-सेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि ई-सेवा एप मार्फत आफुले अध्ययन गर्न चाहेको कलेज छानेर आफूले पढ्न चाहेको विषय रोज्नु पर्नेछ । यसका लागि विद्यार्थीले १० रूपैयाँ तिरेर आवेदन दिन सकिनेछ भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन् ।

यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ । कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एनपी हेर्न सकिनेछ । विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन् ।

ई-सेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank