गृहपृष्ठ किरणले राखे प्रेमिकालाई मैदानमै विवाहको प्रस्ताव

किरणले राखे प्रेमिकालाई मैदानमै विवाहको प्रस्ताव

किरणले राखे प्रेमिकालाई मैदानमै विवाहको प्रस्ताव

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् गोलरक्षक किरणकुमार लिम्बू (चेम्जोङ)ले आफ्नो प्रेमिकालाई खेल मैदानमै विवाहको प्रस्ताव राखेका छन् ।

सोमबार राति उनले माल्दिभ्सको फुटबल मैदानमा आफ्नी प्रेमिका कञ्चन निरौलालाई औँठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् । सोमबार राति माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल भएको थियो । लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पेर्टस् एन्ड रिक्रिएसनले जितेको थियो ।

किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेका थिए । त्यही खुसीयालीमा उनले आफ्नो टिमको साथ प्रेमिकालाई विवाहको प्रस्ताव राखेका हुन् ।

किरणले मैदानमा आफ्नो प्रेमिकालाई विवाहको प्रस्ताव राखेको भिडियो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु