nmb bank

गृहपृष्ठ सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका अधिकृत पक्राउ

सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका अधिकृत पक्राउ

सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका अधिकृत पक्राउ

सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका एक अधिकृतलाई ललितपुर प्रहरी परिसरले नियन्त्रणमा लिएको छ । जिल्लाको शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

जिल्लाको शिवपुरी गाउँपालिकामा कार्यरत आठौँ तहका अधिकृतलाई ललितपुर प्रहरीले बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी अंगुर जिसीका अनुसार स्थानीयले खबर गरेपछि प्रहरी मसाज पार्लरमा पुगेर मोटरसाइकलसहित ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

सरकारी सवारीसाधनको दुरुपयोग भएको भन्ने सूचना आएपछि प्रहरी मसाज पार्लर पुगेर सवारीसाधनसहित मानिसलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ । अहिले नियन्त्रणमा लिइएका सवारीसाधन र मानिसको बारेमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

सरकारी सवारीसाधनको दुरुपयोग बढेको भन्दै प्रहरीले त्यस्ता सवारी साधनमाथि निगरानी बढाएको थियो । सोही क्रममा सोमबार अपरान्ह २ः३० बजे बखुण्डोलमा रहेको गोल्डेन डोर सफ्ट स्पा एण्ड ब्यूटीमा पुगेका सरकारी कर्मचारीलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

बखुण्डोलका स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले अपरान्ह ४ः३० बजे मोटरसाइकलसहित मानिसलाई नियन्त्रणमा लिएको हो । अब यस विषयमा नुवाकोटको शिवपुरी गाउँपालिकासँग बुझेर पत्र लेखेपछि के गर्ने भन्ने सम्बन्धमा निर्णय लिने प्रवक्ता जिसीले बताए ।

शिवपुरी गाउँपालिका नुवाकोटका प्रमुख गोविन्दप्रसाद थपलियाले उक्त मोटरसाइकल आफ्नै कार्यालयको नाममा रहेको भन्दै कुन कर्मचारीले प्रयोग गरिरहेको छ बुझ्नुपर्ने बताए । कार्यालय समयमा सरकारी मोटरसाइकल लिएर मसाज पार्लरमा पुग्नु गलत भएको भन्दै सरकारी सवारीसाधनको दुरुपयोग गर्नेलाई नियमानुसार कारबाही गर्ने थपलियाले बताए ।

प्रकाशित समय : ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु