गृहपृष्ठ थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ९ नमुना परीक्षण गरिएकामध्ये ३ हजार ६ सय ८५ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै २ हजार २ सय २४ जनामा गरिएको एन्टिजेन परीक्षणमा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थप १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६८ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबार थप २६४ जना कोरोनामुक्त भएका छन् । हालसम्म ९ लाख ७० हजार ३ सय २७ जनाले कोरोनालाई जितेका छन् । निको हुने दर ९८.३ प्रतिशत छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ३४ जना पुगेको छ । संक्रमितमध्ये ४ हजार ७ सय ९२ जना होम आइसोलेसनमा र १ सय ४२ जना संस्थागत आइसोलेसनमा, ३६ जना आइसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु