moneygram ime

गृहपृष्ठ ओप्पोको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक

ओप्पोको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक

ओप्पोको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक
citizen life insurance

काठमाडौं । ओप्पोको ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको छ । कम्पनीले आज नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक गरेको हो ।

यो २डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षामापदण्डहरुसहित उत्पादकता सुविधाहरूले भरिएको छ, जसले गर्दा यसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरू अघिल्लो फोनमाभन्दा धेरै भएको कम्पनीले जनाएको छ ।

ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनली भन्छन्, ‘हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ हामी सबै जीवनको आनन्द लिन चाहन्छौँ । “हाम्रा अग्रणी प्रविधिहरुका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पुर्याउने सामाजिक जिम्मेवारीहरु लिई अगाडी बढी रहेका छौँ । यो ओप्पोको दिगो विकासको भावना हो जसलाई हामीले हरेक दिन आत्मसात गर्छौ ।’

यस्तै, अधिकांश प्रयोगकर्ताहरू ब्याट्रीको आयु र मनोरञ्जन अनुभवको बारेमा चिन्तित छन् । उनीहरुले गुणस्तरको कदर गर्छन् र राम्रो देखिने फोन चाहन्छन् । ग्राहकको आवश्यकता अनुसार, ओप्पो ए७७ मा ५००० एमएएच् ब्याट्री ६.५६ एच्डी र कलर–रिच डिस्प्ले, हाई – ईन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ IPX4 वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउदा हुने स्क्यार्चबाट पनि बच्न सकिनेछ । त्यस्तै डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, यसमा ५० एमपीप्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडी, ८ एमपी सेल्फीक्यामेरा रहेका छन् । त्यसैगरि डिस्प्ले, हार्डवेयर क्वालिटी, पर्फमेन्स, गोपनीयताको संरक्षण, कलर रिच र आई–कम्फर्ट डिस्प्ले, ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुणस्तरीयता रहेको कम्पनीले जनाएको छ ।

‘ओप्पो ए७७’ ४ जिबीर्याम १२८ जिबी रोम सँगै आएको छ । यसले १ TBसम्मको SD कार्डहरुलाई पनि समर्थन गर्दछ । यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनको साथ उपलब्ध छ । यो फोन  www.oppo.com/np Retail Channel मूल्य  २५९९९. मा खरिदका लागि उपलब्ध छ ।

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank