गृहपृष्ठ बेनेली मोटो ब्लगर्स सम्मेलन सम्पन्न
बेनेली मोटो ब्लगर्स सम्मेलन सम्पन्न

बेनेली नेपालले मोटो ब्लगर्स सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले सिर्जनाकर्ता, निर्माता र भिडियोग्राफी प्रयोग गरेर आफ्नो रचनात्मक विचारलाई जीवन्त बनाउन मन पराउने व्यक्तिका लागि मोटोब्लगर्स सम्मेलनको आयोजना गरेको जनाएको छ ।
उक्त सम्मेलनमा ४० भन्दा बढी मोटोब्लगर्स सहभागी थिए । बैठकले मोटोब्लगर्सहरूलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनहरूबारे शिक्षा दियो भने मोटोब्लगर्सहरूले पनि आफ्नो यात्रा साझा गरे ।
उक्त कार्यक्रममा ७५२ एस, टीएनटी ६०० आई ३०२ एस टीआरके २५१ र पेसारो १२५ जस्ता फ्ल्यागसिप मोडेलहरु प्रदर्शन गरेको थियो ।
प्रकाशित समय १४:२९ बजे