moneygram ime

गृहपृष्ठ काठमाडौंमा एकै परिवारका ४ जना मृत फेला, हत्याको आशंका

काठमाडौंमा एकै परिवारका ४ जना मृत फेला, हत्याको आशंका

काठमाडौंमा एकै परिवारका ४ जना मृत फेला, हत्याको आशंका
citizen life insurance

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन् । काठमाडौं प्रहरी प्रमुख भरत बोहराका अनुसार तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन् ।

उनका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत फेला परेका हुन् । मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेका छन् ।

विद्यालय जाने समयमा उनीहरु घरबाट ननिस्किएपछि सोधीखोजी गर्दा उनीहरु मृत भेटिएको बताइएको छ । उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरी जनायो ।

अहिले उपत्यका प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरको टोली घटनास्थल पुगेको छ ।

प्रकाशित समय १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank