moneygram ime

गृहपृष्ठ शिवालयमा भक्तजनकाे घुइँचो (फोटोफिचर)

शिवालयमा भक्तजनकाे घुइँचो (फोटोफिचर)

शिवालयमा भक्तजनकाे घुइँचो (फोटोफिचर)
citizen life insurance

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयहरूमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको सोमबार व्रत बसी भगवान शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ ।

यस अवसरमा आज काठमाडौं उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

(तस्बिरहरू : रासस)

प्रकाशित समय १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank