गृहपृष्ठ रुसी सेनाकाे आक्रमणमा मारिए ‘हिरो अफ युक्रेन’
रुसी सेनाकाे आक्रमणमा मारिए ‘हिरो अफ युक्रेन’

युक्रेनको दक्षिणी सहर माइकोलाइभमा एक जना धनाढ्य व्यापारी रुसी सेनाको बमबारीमा मारिएका छन् । घटनामा उनकी श्रीमतीले पनि ज्यान गुमाएकी छन् ।
रुसी मिसाइल प्रहारमा ७४ वर्षीय ओलेक्सी भादाटुर्स्की र उनकी श्रीमती रायसाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार भएको थियो । अन्न निर्यातसम्बन्धी कम्पनी निबुलोनका मालिक भादाटुर्स्कीले ‘हिरो अफ युक्रेन’ उपाधिसमेत पाएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भादाटुर्स्कीको निधनबाट ठूलो क्षति भएको बताएका छन् । मिकोलाइभका मेयर ओलेक्सन्दर सेन्केभिचले उक्त सहरमा अहिलेसम्मकै सबैभन्दा धेरै बमबारी भएको बताएका छन् ।
प्रकाशित समय : १०:४४ बजे