गृहपृष्ठ प्युठानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

प्युठानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

प्युठानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

प्युठानमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भ्यागुते भन्ने ठाउँमा स्वर्गद्वरीबाट भिङरीतर्फ गइरहेको लु३च ३५३ नम्बरको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा रुपन्देही मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया मायादेवी ठाकुरको मृत्यु भएको छ । प्रहरीका अनुसार ९ जना घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । अन्य ५ जनालाई सामान्य उपचारपछि घर फर्किएका छन् ।

रुपन्देहीको सिद्धर्थ नगरपालिका र मायादेवी गाउँपालिकाका १७ जना स्थानीयवासी जिप रिजर्भ गरी स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु