moneygram ime

गृहपृष्ठ स्मार्टफोन रियलमी सी३१ नेपालमा

स्मार्टफोन रियलमी सी३१ नेपालमा

स्मार्टफोन रियलमी सी३१ नेपालमा
citizen life insurance

स्मार्टफोन ब्रान्ड रियलमीको नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरिएको छ । एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरिएको हो ।

गत बुधबार लन्च गरिएका स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री रहेको छ, जुन स्ट्यान्ड-बाइमा ४५ दिनसम्म टिक्ने दाबी गरिएको छ । त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको कम्पनीले जानकारी गराएको छ भने उत्कृष्ट फोटोग्राफीको लागि १३ एमपीको क्यामरा रहेको छ ।

४ जीबी र्‍याम र ६४ जीबी रोमसहित उपलब्ध यो फोनको मूल्य १७,७९९ रुपैयाँ तोकिएको रियलमीका कन्ट्री हेड मुनिश गिरीले जानकारी दिए ।

प्रकाशित समय १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank