moneygram ime

गृहपृष्ठ गुराँस लाइफद्वारा ५२ लाख ५५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

गुराँस लाइफद्वारा ५२ लाख ५५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

गुराँस लाइफद्वारा ५२ लाख ५५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
citizen life insurance

गुराँस लाइफ इन्स्योरेन्स क्षेत्रीय कार्यालय बिर्तामोडले बीमित परिवारलाई बिमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ ।

भद्रपुर नगरपालिका ८ क्याम्पसमोड निवासी स्व. सुरेश राई (विवेक) ले २०७७ साल असार ३१ गते ५० लाख रुपैयाँ बिमाकंको जीवन बिमा गरेका थिए। जीवन बिमा गरेको चार महिनामा उनको सुतेको अवस्थामा निधन भएको थियो।

राईको बीमाकं रकम दाबी अनुसार कम्पनीले भद्रपुर ८ को वडा कार्यालयमा बिहीबार एक कार्यक्रमकाबीच उनकी धर्मपत्नी रुविना तामाङलाई ५२ लाख ५५ हजार रुपैयाँ दाबी रकमको चेक हस्तान्तरण गरेको हो।

बिमाकंको ५० लाख र बोनस २ लाख ५५ हजार रुपैयाँको सो चेक नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र कम्पनीका प्रदेश प्रमुख गिरिधर श्रेष्ठले उनकी धर्मपत्नी तामाङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

प्रकाशित समय ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank