गृहपृष्ठ रेड्मी बड्स ३ लाइट नेपालमा, मूल्य ३ हजार ३९९
रेड्मी बड्स ३ लाइट नेपालमा, मूल्य ३ हजार ३९९

शाओमीले रेड्मी बड्स ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । शाओमीको रेड्मी बड्स ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको बताएको छ ।
रेड्मी बडस् ३ लाइटमा प्रभावशाली सुविधाहरू साथै किफायती मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टा सम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरू छन् । जसले प्रयोगकर्ताहरूलाई क्वालिटी साउन्ड प्रदान गर्ने कम्पनीको दाबी छ ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले रेड्मीले निरन्तर नयाँ ट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृत क्याटेगोरीका साथ औधोगिक बेन्चमार्कहरू पार गरेको बताए ।
उनले हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट लन्च गरेको बताए । ‘रेड्मीको बड्स ३ लाईटमा लामो समय सम्म टिकाउ ब्याट्री, हल्का र टच अपरेशनको साथ नोइज क्यान्सलेसन जस्ता थुप्रै विशेषताहरू समावेश छन्,’ पण्डाले भने ।
रेड्मी बड्स ३ लाइट कालो रंगमा ३ हजार ३९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
प्रकाशित समय : २०:०७ बजे