गृहपृष्ठ श्रीलंकामा माक्स अनिवार्य गर्न सिफारिस

श्रीलंकामा माक्स अनिवार्य गर्न सिफारिस

श्रीलंकामा माक्स अनिवार्य गर्न सिफारिस

श्रीलंकामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ । कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन अनिवार्य गर्नुपर्ने सिफारिस गरेका हुन् ।

भिडभाड भएका ठाउँमा जाँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियमलाई कडाइका साथ पालना गराउन पनि सिफारिस गरिएको छ । स्वास्थ्य सेवा महानिर्देशक असेला गुनावार्डेनाले नयाँ संक्रमितहरुको संख्या वृद्धि हुँदै गएकाले सतर्कता पनि बढाउनु पर्नेमा जोड दिए ।

विषेशगरी देशको पश्चिमी प्रान्तहरुमा महामारी धेरै फैलिदै गएको पनि उनले मंगलबार जानकारी दिए । महामारी सुरु भएदेखि नै मास्क अनिवार्य गरेको श्रीलंकाले गत जुनदेखि मास्क अनिवार्य गरिएको नियम हटाएको थियो ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु