nmb bank

गृहपृष्ठ नेपाल बैंकको एटीएम राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीमा

नेपाल बैंकको एटीएम राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीमा

नेपाल बैंकको एटीएम राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीमा

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रांगणमा एटीएम सञ्चालनमा ल्याएको छ ।

गत सोमबार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बिमा कम्पनीका सञ्चालक समिति सदस्य प्रकाश कुमार अधिकारीले उक्त एटीएमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभास कोइराला, नेपाल बैंक काठमाडौं बैंकिङ अफिसका प्रमुख सुन्दर पन्थी, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेललगायत उपस्थित थिए ।

नेपाल बैंकले नेपालभर २१९ शाखा, १८३ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।

प्रकाशित समय : ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु