गृहपृष्ठ अन्नपूर्ण केबलकारको मनसुन अफर, २० प्रतिशतसम्म छुट पाइने
अन्नपूर्ण केबलकारको मनसुन अफर, २० प्रतिशतसम्म छुट पाइने

पोखराको अन्नपूर्ण केबलकार आज (शुक्रबार)देखि सञ्चालनमा आउने भएको छ । यसअघि साउन ७ गतेसम्म बन्द हुने भनिएकामा मर्मत सकिएकाले तोकिएको मितिभन्दा एक दिनअघि नै सञ्चालनमा आउने भएको हो ।
केबलकारले नेपाली ग्राहकहरुका लागि साउन ६ गतेदेखि भदौ ३१ गतेसम्म २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
पोखरा उपत्यकाको लेकसाइड, सेदिबगरबाट अन्नपूर्ण केबलकार चढी सराङकोटमा साउन महिनामा कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्मको पैदल यात्रा गर्न सकिने छ । साथै अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबलकार परिसरमै सुविधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफी सप, रेष्टुरेन्टबाट चारै तर्फको आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लिङको समेत साहसिक अनुभव लिन सकिने छ ।
साथै केबलकारबाट पोखरा सहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडालगायतका दृश्यहरु पनि हेर्न सकिने छ । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुहरुको सुविधाका लागि लेकसाइडदेखि केबलकारको तल्लो स्टेसनमा सटल बसको व्यवस्था गरेको छ । केवलकार बिहान ९ बजेदेखि साझ ६ बजेसम्म नियमित रुपमा सञ्चालन हुने छ ।
प्रकाशित समय : ११:२८ बजे