गृहपृष्ठ बिदाको दिन चल्ने अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्नू : गृह मन्त्रालय

बिदाको दिन चल्ने अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्नू : गृह मन्त्रालय

बिदाको दिन चल्ने अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्नू : गृह मन्त्रालय

गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन राेक्ने, चाबी खोस्ने लगायतका काम भइरहेको हुँदा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रिस्तरीय निर्णयअनुसार सम्बन्धित निकायलाई सर्कुलर जारी गर्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ । मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने भएकोले सोहीबमोजिम आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायलाई सर्कुलर जारी गरिएको बताए । उनले माथि उल्लेखित बाहेकका सरकारी सवारी साधन बिदाका दिन चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागू गर्न पनि भनेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक बिदानको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउनुहुन र सो बारेमा सर्वसाधारणलाई समेत सुसूचित गर्न गराउनुहन तथा उपरोक्त बमोजिम बाहेकका सरकारी सवारी साधन बिदानका दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागु गर्नु गराउनु हुन अनुरोध छ ।’

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु