गृहपृष्ठ पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

पिपुल्स पावर कम्पनीको आइपीओको लागि आवेदन दिने आज अन्तिम दिन हो । यस आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता छुट्याइएको छ ।
यस्तै, इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी गरिएको छ । इच्छुक खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओका लागि लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।
यसबाहेक सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत पनि उक्त आइपीओमा आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।
प्रकाशित समय : १०:३१ बजे