गृहपृष्ठ मल्टीब्राण्ड सपिङ ‘बिग डिजिटल’को उद्घाटन

मल्टीब्राण्ड सपिङ ‘बिग डिजिटल’को उद्घाटन

मल्टीब्राण्ड सपिङ ‘बिग डिजिटल’को उद्घाटन

ठूलो मल्टिब्राण्ड सपिङ स्टोर बिग डिजिटलको बुधबार उद्घाटन भएको छ । नायिका तथा साे स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोस्थित ग्वार्को कम्प्लेक्समा खाेलिएकाे स्टोरको एक समारोहबीच उद्घाटन गरेकी हुन् ।

समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटिको उत्पादनहरु ग्राहकलाई पस्किँदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त दिइन् । त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको बताए । ‘नेपाली ग्राहकहरुको बदलिँदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ क्षेत्रमा नै नयाँ मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौँ,’ उनले भने ।

साे सपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टीभी र वाद्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन् । ग्राहकहरुले खरिद गर्दा लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहारको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्ने बताइएकाे छ ।

त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा नि:शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन् । बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नयाँ ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालीन योजना छ । यस्तै यसको दीर्घकालीन योजना भनेको देशका सबै सातवटा प्रदेशमा नँया स्टोरहरुको स्थापना गर्नु रहेको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित समय : १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु