गृहपृष्ठ भारतमा आज १५औं राष्ट्रपतिको नाम घोषणा हुँदै

भारतमा आज १५औं राष्ट्रपतिको नाम घोषणा हुँदै

भारतमा आज १५औं राष्ट्रपतिको नाम घोषणा हुँदै

भारतको १५औं राष्ट्रपतिको नाम आज घोषणा हुँदै छ । १८ जुलाइमा भएको राष्ट्रपति निर्वाचनको आज बिहानबाट मतगणना सुरु हुँदै छ ।

राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाइमा सकिँदै छ। राष्ट्रपति पदका लागि सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएले झारखण्डकी पूर्वगभर्नर द्रौपदी मुर्मूलाई उम्मेदवार बनाएको छ । यस्तै विपक्षी गठबन्धनबाट पूर्व केन्द्रीयमन्त्री यशवन्त सिन्हा उम्मेदवार छन् ।

राष्ट्रपतीय निर्वाचनमा संघीय संसदका दुवै सदनका सांसद, प्रदेशसभाका सदस्य तथा संघीय राजधानी दिल्ली र केन्द्र शासित प्रदेश पुद्दुचेरीका निर्वाचित सदस्यहरुले मतदान गरेका छन् ।​

द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भए उनी भारतकाे पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति बन्नेछिन् ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु