गृहपृष्ठ फेरि ९४ हजार पुग्यो सुनको मूल्य
फेरि ९४ हजार पुग्यो सुनको मूल्य

केही दिनयता सुनकाे मूल्य घट्ने र बढ्ने क्रम जारी छ । झिनाे अंकमा एक दिन बढ्ने र अर्काे दिन घट्ने गर्दा सुनकाे मूल्य भने समग्रमा करिब स्थिर छ ।
यसै क्रममा बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २०० रुपैयाँले बढेको हो । मंगलबार छापाबाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा याे मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतिऔंस १७ सय ९ अमेरिकी डलरमा कारोबार भएकाे थियाे ।
प्रकाशित समय : ११:४७ बजे