गृहपृष्ठ स्वदेश फर्कियो क्रिकेट टिम
स्वदेश फर्कियो क्रिकेट टिम

‘आइसीसी विश्वकप लिग टु’अन्तर्गतको स्कटल्याण्ड सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज मंगलबार स्वदेश फर्किएकाे छ ।
नेपाली टोली मंगलबार अपरान्ह नेपाल आइपुगेकाे हाे । टोलीलाई नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीले स्वागत गरे । स्कटल्याण्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई/दुई खेल खेलेको थियो ।
सिरिजको ४ खेलमा नेपाल एक खेलमा मात्र विजयी भयो । नामिबियासँगको दुई खेलमा दुवैमा नेपाल पराजित भएको थियो । घरेलु टोलीसँग नेपालले एक खेलमा जित र एकमा हार व्यहोरेको थियो ।
प्रकाशित समय : १९:०९ बजे