गृहपृष्ठ एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्दै, प्रथमलाई १ लाख ५० हजार नगद

एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्दै, प्रथमलाई १ लाख ५० हजार नगद

एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्दै, प्रथमलाई १ लाख ५० हजार नगद

कोरियन प्रबिधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्न लागेको छ । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्ने छ ।

यसका लागि साउन ६ गतेदेखि भदौ ६ गतेसम्मको एक महिनाको भिडियो पोस्ट गरिसक्नुपर्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीका प्रबन्ध निर्देशक विमलराज गोसाईले उत्कृष्ट प्रतिस्पर्धीहरुले आकर्षक नगद पुरस्कार पाउने बताए । उनका अनुसार पहिलो विजेता एकजनाले १ लाख ५० हजार नगद प्राप्त गर्नेछ । दोस्रो हुने दुई जनाले जनही एक लाख नगद, तेस्रो (तीन जना) प्रतिव्यक्ति ७५ हजार, चौथो (चार जना) प्रतिव्यक्ति ४० हजार र पाचौं (पाँच जना) प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने प्रवन्ध निर्देशक गोसाईले जानकारी दिए ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोलाई छनौट गरी ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र दस/दस प्रतिशत मोस्ट भ्युज, मोस्ट सेयर, मोस्ट कमेन्टको आधारमा विजयी हुने जनाइएको छ ।

पुरस्कार भदौ १० गते वितरण गरिनेछ । भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्ने जनाएको छ । पुरस्कार रकममा नेपाल सरकारको नियमअनुसार लाग्ने कर विजेता स्वयंले ब्यहोर्नुपर्ने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु