गृहपृष्ठ बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता मिति ताेकियाे

बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता मिति ताेकियाे

बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता मिति ताेकियाे

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने उम्मेदवारका लागि अन्तर्वार्ताको मिति तोकेको छ । मन्त्रालयले सूचना जारी गर्दै अन्तर्वार्ताको मिति र समय पनि निर्धारण गरेको हाे ।

बोर्ड अध्यक्षको दुई वर्षे कार्यकालका लागि अरुण कुमार प्रधान, दीपक श्रेष्ठ, नरेश कुमार पौड्याल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील कुमार पोखरेल र सुष्मा कार्कीको उम्मेदवारी परेको छ ।

मन्त्रालयले असार ५ गते दरखास्त आह्वान गरेको थियो । तत्कालीन अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएपछि साे पद रिक्त छ ।

सूचना :

प्रकाशित समय : ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु