गृहपृष्ठ एकैदिन ४५७ जनामा कोरोना संक्रमण, एकको मृत्यु
एकैदिन ४५७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा साढे चार सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ३ सय ४१ को पीसीआर र २ हजार ३ सय १० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट तीन सय ८६ र एन्टीजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैबीच कोभिड संक्रमणका कारण एक जनाको ज्यान पनि गएको छ । हाल नेपालमा १ हजार ७ सय ७६ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।
प्रकाशित समय : १६:४२ बजे