गृहपृष्ठ गभर्नरको राजीनामा माग्दै बालुवाटार घेर्ने तयारी, कार्यालय प्रवेशमा रोक लगाइने

गभर्नरको राजीनामा माग्दै बालुवाटार घेर्ने तयारी, कार्यालय प्रवेशमा रोक लगाइने

गभर्नरको राजीनामा माग्दै बालुवाटार घेर्ने तयारी, कार्यालय प्रवेशमा रोक लगाइने

सत्ता गठबन्धन र सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै बालुवाटार घेर्ने भएको छ ।

नेविसंघसहित सत्ताघटककै दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)समेत गभर्नर अधिकारीको राजीनामा माग्दै सडकमा आउनेछ । उनीहरुले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै बालुवाटार घेराउ र विरोध प्रदर्शन गर्ने भएका हुन् ।

दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरु केही दिनयता आन्दोलित रहेका छन् ।

आइतबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारको ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको विद्यार्थी नेताहरुले जनाएका छन् ।

प्रकाशित समय : ०९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु