गृहपृष्ठ नेप्से ७.९३ अंकले बढ्यो
नेप्से ७.९३ अंकले बढ्यो
चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४७ बिन्दुमा पुगेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ । आज २३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता सेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीबार २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिद-बिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ७ उपसमूहका सूचक घटेका छन् । जसमा लघुवित्त उपसमूहको परिसूचक १.५७ प्रतिशत बढेको छ । त्यस्तै, म्युचुअल फण्ड र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । तर बाँकी अन्य उपसमूहको परिसूचक १.६८ प्रतिशतले घटेका छन् । शुक्रबार ३ ऋणपत्रको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
प्रकाशित समय : १५:५२ बजे