Nepalese Flag २०७८ वैशाख ३ गते शुक्रबार   |   April 16, 2021

सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

न्युज कारोबार काठमाडौं माघ १७, २०७६       

सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक
विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४ के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ । सामसुङले हाल १२८ जिबी आन्तरिक भण्डारण सहितको ५ जी ग्यालेक्सी एस ६ ट्याब बिक्रीमा ल्याएको हो । यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ ।

सम्बन्धित खबरहरु