Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

विद्यापति पुरस्कारको घोषणा

न्युज कारोबार काठमाडौं कार्तिक २४, २०७६       

विद्यापति पुरस्कारको घोषणा
यस वर्षको नेपाल विद्यापति पुरस्कार प्राप्त गर्ने ५ जनाको नाम सार्वजनिक गरिएको छ । नेपाल विद्यापति पुरस्कार कोषले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी पुरस्कृत हुनेहरुको नाम घोषणा गरेको हो । २ लाख राशिको ‘नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार’ धनुषाको रघुनाथपुर निवासी ८० वर्षीय चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिने भएको छ । त्यस्तै १ लाख राशिको ‘नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार’को लागि धनुषाकै धनौजी गाउँपालिकाका लक्ष्मण मण्डलको नाम घोषणा गरिएको छ । १ लाख राशिकै ‘नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार’को लागि सुनसरीका शिवनारायण पण्डितको नाम कोषले घोषणा गरेको छ । १ लाखकै नेपाल ‘विद्यापति मैथिली अनुसन्धान पुरस्कार’ र ‘नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार’ क्रमशः सप्तरी बनैनियाका दिनेश यादव र जनकपुरधामका पत्रकार उपेन्द्रभगत नागवंशीलाई प्रदान गरिने भएको छ । प्राध्यापक डा. आशा सिन्हाको संयोजकत्वमा ४ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । पुरस्कार विद्यापति दिवसको अवसरमा प्रदान गरिने कोषका अध्यक्ष रामसागर पण्डितले जानकारी दिए ।

सम्बन्धित खबरहरु