Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४१)

न्युज कारोबार काठमाडौं असोज २०, २०७७       

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४१)
१. सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरिने भएको छ ? ­‑ बेलायती वैज्ञानिक माइकल हटन र अमेरिकी वैज्ञानिकहरु जे अल्टर र चार्ल्स एम राइस (हेपाटाइटिस सी जीवाणु पत्ता लगाएकोमा) २. लोकसेवा आयोगको प्रतीक चिह्नमा उल्लिखित नारा के हो ? - योग्यता, निष्पक्षता, स्वच्छता ३. ब्रिक्स बैंकको स्थापना कहिले भएको हो ? - सन् २०१४ जुलाई १५ ४. गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ? - सन् १९५५ अगस्ट २७ ५. रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकले गरेका हुन् ? ­‑ चीन (सन् २०१८) ६. सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना कहिलेदेखि सुरु गरेको हो ? ‑ २०७५ मंसिर ११ गते ७. विश्वमै पहिलोपटक स्पेस एलिभेटर (लिफ्ट) को परीक्षण कुन देशले गरेको हो ? ‑ जापान (सन् २०१८ सेप्टेम्बर) ८. सन् २०२० मार्चमा प्रदान गरिएको इन्टरनेसनल कम्युनिकेसन अवार्डबाट कसलाई सम्मान गरियो ? ‑ लक्ष्मणदत्त पन्त ९. बहुमूल्य धातु सुनलाई निक्षेपका रूपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले कहिले गरेको हो ? ‑ २०७६ फागुन २२ १०. राष्ट्रिय कलाश्री पुरस्कार २०७६ कसलाई प्रदान गरियो ? ‑ साहित्यकार गणेश रसिक (पुरस्कार राशि १ लाख) ११. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन २०२० कहाँ सम्पन्न भयो ? ‑ नेपाल १२. नेपालको सबैभन्दा ठूलो सौर्य विद्युत् आयोजना कहाँ छ ? नुवाकोट १३. देउकेटा प्रथा कहाँ छ ? ‑ दैलेख १४. सुधारसम्बन्धी 'क्वाइट रिभोल्युसन' नामक प्रतिवेदन प्रस्तुत गर्ने राष्ट्रसंघीय महासचिव को हुन् ? ‑ कोफी अन्नान १५. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसंघीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ? ‑ सन् २०१६ सेप्टेम्बर १९ १६. चुम्बकले आफ्नो वरिपरि रहेको चुम्बकीय वस्तु वा अर्को चुम्बकलाई असर पार्न सक्नेसम्मको क्षेत्रलाई के भनिन्छ ? ‑ चुम्बकीय क्षेत्र १७. पहिलोपटक कुसुन्डा भाषाको पढाइ औपचारिक रूपमा कहाँ सुरु गरिएको छ ? ‑ लमही (दाङ) १८. प्रसिद्ध भाजुपोखरी कहाँ पर्छ ? ‑ भक्तपुर (१२औँ शताब्दीमा निर्माण भएको) १९. ‘तेक्वान्दो क्विन’ भनेर चिनिने नेपाली खेलाडी को हुन् ? ‑ संगिना बैद्य २०. युरोपेली संघको प्रधान कार्यालय कहाँ छ ? ‑ बेल्जियमको ब्रसेल्स

सम्बन्धित खबरहरु