Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

माछापुच्छ्रे बैँकको ६ महिनाको नाफा ८० करोड

न्युज कारोबार काठमाडौं माघ १५, २०७७       

माछापुच्छ्रे बैँकको ६ महिनाको नाफा ८० करोड
माछापुच्छ्रे बैँकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८० करोड खुद नाफा गरेको छ । बिहीबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैँकको पुससम्ममा बैँकले ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १ करोड ९० लाख रुपैयाँ अर्थात् २.३२ प्रतिशत कम हो । गत वर्षको सोही अवधिसम्ममा बैँकले ८२ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैँकको खुद ब्याज आम्दानी १५ लाख ५६ हजार रुपैयाँ बढेर १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ८ करोड १ लाख रुपैयाँ घटेर १ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा झरेको छ । चुक्ता पुँजी ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ रहेको बैँकको जगेडा कोषमा २ अर्ब ४६ करोड २१ लाख रुपैयाँ छ । खुद नाफा घटेसँगै बैँकको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ । बैँकको खुद नाफा १८.१६ रुपैयाँबाट घटेर १७.७३ रुपैयाँ कायम भएको छ । बैँकको प्रतिसेयर नेटवर्थ १३३.७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १६.०१ गुणा छ । बैँकको निक्षेप १ खर्ब ४ अर्ब ९ करोडबाट बढेर १ खर्ब १८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९२ अर्ब ५२ करोडबाट बढेर १ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । बैँकको आधार दर १०.२६ प्रतिशतबाट ७.५६ प्रतिशत र स्प्रेड दर ५.२४ प्रतिशतबाट ४.१९ प्रतिशतमा झरेको छ ।

सम्बन्धित खबरहरु