Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

बिष्णु र राजको 'जलेर खरानी' सार्वजनिक (भिडियोसहित)

न्युज कारोबार काठमाडौं चैत ३१, २०७७       

बिष्णु र राजको 'जलेर खरानी' सार्वजनिक (भिडियोसहित)

इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले 'जलेर खरानी' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । यस गीतमा स्वर, शब्द र संगीत स्वयं गायक लिम्बुको रहेको छ । गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन् । यसै भिडियोमार्फत अभिनयमा गायक लिम्बु र बिष्णु कट्टेलले डेब्यु गरेका छन् ।

भिडियोमा प्रेम तामाङको समेत अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । गायक लिम्बुको आधिकारिक च्यानल 'राज लिम्बु' मार्फत भिडियो सार्वजनिक गरिएको हो । मार्मिक शब्द समेटिएको यस गीतमा प्रेमिका गुमाउनु पर्दाको पश्चताप र पीडा पोखिएको छ । यसअघि गायक लिम्बुले 'बुझिदेउ', हाउ लुङबा', 'मुस्कान', 'पागल' लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । 


 

सम्बन्धित खबरहरु